News & Events

Blog

'बजेटको ब्यबस्थाले विद्युत उत्पादनको लागत २० प्रतिशत घट्छ, बिजुली सस्तो हुन्छ' ।

समग्रमा बजेट राम्रो छ, महामारीको बेलामा आएको र चुनाव घोषण गरेको सरकारले ल्याएको तथ्यलाई हेर्ने हो भने सो समयमा आउने बजेट नै यस्तै हो । उर्जा क्षेत्रमा सबै माग र अपेक्षा सम्वोधन भएका छन् , त्यसले राम्रो प्रभाव पार्ने छ ।

पहिलो कुरा, बजेटले पावर व्हिलिङ खुला गरेको छ, यो ठूलो उपलब्धि हो । अहिले सिमेन्ट उद्योगहरुले थोरै मात्रमा आफै बिजुली उत्पादन गरिरहेका छन् र नपुगेको मात्र नेपाल विद्युत प्राधिकरणबाट लिन्छन् । प्राधिकरणबाट किनेको बिजुली भन्दा उनीहरु आफैले उत्पादन गरेको बिजुली धेरै सस्तो पर्न आउछ । जस्तै होन्सीले १२ मेगावाट , अर्खाखाचीले ४ मेगावाट उत्पादन गरिरहेको छ । जलविद्युतलाई भने आफुलाई चाहिने बिजुली आफै उत्पादन गर्ने त्यो विकल्प खुला थिएँन । उर्जा प्रबर्दकलाई पनि पावर व्हिलिङ आवश्यक थियो ।

भारत, बंगालदेश लगायत अधिकांश देशमा आफुलाई चाहिने बिजुली आफै उत्पादन गर्न सक्ने ब्यबस्था छ । अब नेपालमा पनि त्यो विकल्प खुला हुने भयो । यसो हुंद प्राधिकरणले पिपिएको लोड बोक्नु पर्दैन, प्राधिकरणले पावर व्हिलिङबाट आम्दानी गर्न सक्ने भयो र हिउँदको समयमा उसले भारतबाट समेत विजुली ल्याएर बिक्रि गर्न सक्ने भयो । यसबाट उद्योगले सस्तोमा विजुली पाउने आधार बनेको छ । यो ब्यबस्थाले अहिलेको बिजुलीको मूल्यभन्दा २० प्रतिशत सस्तो मूल्यमा बिजुली पाउँछ । यसले विन विन अवस्था भयो ।

त्यस्तै यसले निजि जलविद्युत कम्पनीहरुको आम्दानी पनि बढ्छ । यसबाट लागत पनि घट्छ । अब निजी प्रबर्दकले क्यु ४० को सट्टा त्यसलाई अप्टिमाइज गर्छ । अरुण ३ आयोजनाले पनि अप्टिमाइज गरेर ३ सय मेगावाटको आयोजना नै ९०० मेगावाटको आयोजना बनाईरहेको छ । यसो हुँदा प्रति मेगावाट लागत १४ करोड प्रति मेगावाट भन्दा बढी पर्दैन । बर्खा समयमा बिजुली पनि दोब्बर उत्पादन हुने भयो र अहिले प्रति मेगावाट २० करोड पुगेको लागत पनि घटेर १४ करोड पुग्ने छ । अब पावर व्हिलिङ खुला भएसंगै एक ठाउँबाट आफैले अर्को ठाउँमा बत्ति लान सकिने भयो । यसले औद्योगिक उत्पादनमा जोड दिन्छ । अब नेपालले पनि बिजुलीको हिसाबमा भारतको औद्योगिक उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्छौ । लागत घट्ने भएपछि जलविद्युतमा थप लगानी आकर्षित हुने भयो । यसलाई ठुलो उपलब्धि मान्नु पर्छ ।

साथै विद्युतको लागत घट्ने भएपछि बढी बिजुली चाहिने स्टिल कम्पनीले ब्लेड आयात नगरी अन्य कच्चा पदार्थ आयात गरेर यहि नेपाल मै उत्पादन गर्छ । यसले १२ अर्ब बराबरको विद्युत खपत बढाउछ । त्यस्तै मल उत्पादन पनि नेपाल मै गर्न सकिन्छ ।

प्रसारणलाइन र बाटोको ७५ प्रतिशत शोधभर्ना फिर्ता गर्ने निर्णय पनि राम्रो हो । विद्युतीय गाडीको अन्तशुल्क पुरै खारेज गरेर पनि बजेटले असाध्यै राम्रो ब्यबस्था गरेको छ । एकातर्फ बिजुली खेर जान सक्ने अवस्था थियो भने अर्को तर्फ विद्युत खपत हुन सकिरहेको थिएँन। त्यस्तै इन्डकसन चुलोको पनि मूल्य घट्ने भएको छ । सय वटा बिजुली बस चलाउने निर्णय भएको छ। यसले विद्युत खपत बढाउँन बल पुग्छ र एसेम्बली उद्योग पनि खुल्न सक्ने सम्भावना रहन्छ ।

डिजेल गाडीलाई बिजुलीमा परिणत गर्न पनि बजेटले प्रोत्साहन गरेको छ । खासमा गाडीको इन्जिन मात्र बिग्रने हो, यसलाई परिणत गर्न पहिला नीति थिएँन, अब त्यसको पनि ब्यबस्था भएको छ । अब डिजेल गाडीहरु बिजुली गाडीमा परिणत भएर विद्युत खपत बढ्ने भयो ।

त्यस्तै बजेटले गोरखपुर प्रसारणलाईनको लागि बजेटको ब्यबस्था गरेको छ । खिम्ती-ढल्केवर प्रसारण लाइनले थप बिजुली लिन नसक्ने अवस्था आईसकेकोले नया प्रसारण लाइन आवश्यक थियो । आगामी आर्थिक वर्ष १६ सय मेगावाट बिजुली थप्ने लक्ष्य छ । नेपालको ३ वर्षमा ३ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य पहिलो पटका पुरा हुने भयो । कोभिडको कारणले केहि ढिलो हुन गएपनि लक्ष्य पुरा हुने नै देखियो । तर यसमानिजि क्षेत्रको ठुलो योगदान छ । ३ हजार मेगावाट प्रणालीमा आउँदा मुजफ्फरपुर प्रस्रण लाइन पनि प्याक हुने भएकोले गोरखपुर् प्रसारण लाइनको विकल्प थिएन ।

बजेटले स्वास्थ्यमा फोकस गरेको छ, आफ्नो निर्वाचनमा पनि फोकस गरेको छ, आम नागरिकलाई राहत हुने गरि बिजुली, खानेपानी, ग्यास , खाद्यान्न लगायतका विभिन्न सहुलियतको ब्यबस्था गरेको छ । कार्यन्वयन भए बजेट समग्रमा राम्रो छ ।

उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानसँगको कुराकानीमा आधरित ।